Sunday, May 29, 2016

डाेकामा ढुंगा बाेक्दै धुर्मुस-सुन्तली, दाेस्राे एकीकृत बस्ती निर्माण सुरू (फाेटाे फिचर)


काठमाडाैं । हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले सिन्धुपाल्चोकको गिरान्चौर एकीकृत बस्ती निर्माणको काम सुरु गरेका छन् ।
भूकम्प गएको एक वर्ष पुगेकै दिन गत बैशाख १२ गते शिल्यान्यास गरिएको उक्त बस्ती निर्माणको काम उनीहरुले आजबाट सुरु गरेका हुन् ।
वैशाख २९ गतेको पराकम्पले पनि ठूलो क्षति गरेकाले सोहि दिनको सम्झनामा दोश्रो एकिकृत बस्ती निर्माण कार्य सुरु गरिएको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ ।
सिन्धुपाल्चोक मेलम्ची ८ गिरान्चौरका ६५ परिवार भूकम्प पिडितलाई दशैँसम्ममा नयाँ घर हस्तान्तरण गर्ने लक्ष्यका साथ काम अघि बढाइएको फाउण्डेशनका अध्यक्ष एवं हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) ले बताएका छन् ।
यस अघि काभ्रेमा निर्माण गरिएको एकिकृत पहरी बस्ती धुर्मुस सुन्तलीले साढे दुई महिनामा नै पीडितलाई हस्तान्तरण गर्न सफल भएका थिए । सबैको साथ र सहयोग भएमा लडेको गिरान्चौर दशैँ सम्ममा सुन्दर एकीकृत बस्ती बन्ने उनको भनाई छ ।
पहिलो एकिकृत बस्ती निर्माण गर्दा धेरैको सहयोग पाएकाले अर्को बस्ती बसाउने अठोट गरेको भन्दै उनले देश निर्माणको अभियानमा हातेमालो गर्न सबैसँग आग्रह गरेका छन् ।
लडेको बस्ती उडाउने अभियानको नेतृत्व मात्र गरेका हौँ, सहयोगी हातहरुको दह्रो साथ मिलेमा समयमै गिरान्चौर एकिकृत बस्ती निर्माण सम्पन्न हुने उनको विश्वास छ ।
पहिलेको भन्दा ३ गुणा ठूलो बस्ती निर्माण गर्न लागिएकाले फाउण्डेशनलाई आर्थिकसँगै घर निर्माणको लागि सिमेन्ट, रड, गिट्टी, बालुवा, जस्तालगायतका जिन्सी समानको पनि उत्तिकै आवश्यकता रहेको धुर्मुसले बताएका छन् ।
आफुहरुले बस्तीमा ढुंगा बोक्नुका साथै सावेल, बेल्चा बोकेर गिरान्चौर एकिकृत बस्ती निर्माणमा जुटीसकेकाले देश विदेशमा रहेका नेपाली र नेपालीलाई माया गर्ने दाताहरु समक्ष उनीहरुले सहयोगको अपिल गरेका छन् ।







source :nepalsandesh.com




AUTHOR    PRAYAS BASTOLA

0 comments:

Post a Comment