![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh0OX-0LkIrr0-3kqQVjY2MXxAh-63zwprayj21ECWetM3KlINeK7uvtDuKLaGHL3yzOTW5iqQXILT7BwozB8JtnFIZUmZzjwRBZs33DOxieIKSPdVKLFwlFPKOVgLRjgd8jqOSdC72Rmo/s640/Dead-Bodies-by-Prabin.jpg)
काठमाडाैं-अफगानिस्तानको काबुलमा सोमबार भएको बम हमलामा निधन भएका १२ जना नेपालीको शव त्रिभुवन विमानस्थलमा अोरालिएको छ। बाकसमा १२ वटा शव विमानबाट अोराल्दा मृतकका परिवार आफन्त र विमानस्थलमा जुटेका उल्लेख्य सर्वसाधारणका आखा रसाए।
नेपाली सेनाका जवानहरूले शवको बाकस विमानबाट अोरालेका थिए। विमानस्थलमा पुगेका प्रधानमन्त्री केपी शर्मा अोली, मन्त्रीहरू र सचिवहरूको अनुहार मलिन देखिन्थ्यो।
काबुलबाट शव लिएर फर्केको नेपाल वायु सेवा निगमको जहाज जब विमानस्थलमा अोर्लियो, परिवारको रूवावासले विमानस्थलको वातावरण एकाएक भावविव्हल बन्यो।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg7mTqkS5kCBrJQkA2A_4YqMcfe2zKIpokK1LnNoK6lRJ05qNYYpAf9xDJTLDnqHLy9juVz1ED53fSbfxjdKZ9yJFzUu3SMO_Y6D9k2rap5UumQTKMThyphenhyphen0vuf9tzMQTV2NprUNXmWOzHvQ/s640/576a5ede444e8.jpg)
AUTHOR : PRAYAS BASTOLA
SOURCE : NAGARIK NEWS
0 comments:
Post a Comment