This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

Showing posts with label National news. Show all posts
Showing posts with label National news. Show all posts

Saturday, January 7, 2017

लोकमानलाई कालोमोसो दल्ने युवा छुटाउन विप्लव माओवादीद्वारा शैक्षिक हड्ताल (विज्ञप्ती)

काठमाडौं,पुस २२ – सर्वोच्च अदालत परिसर भित्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि कालोमोसो दल्ने कार्यकर्ताको रिहाइको माग गर्दै नेकपा (माओवादी)ले आन्दोलनको घोषणा गरेको छ । क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पुर्ण बहादुर सिंहले जारी गरेको बिज्ञप्तीमा तीन दिने संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
सार्वजनिक कार्यक्रम अनुसार पुस २४ गते देशव्यापी कार्यक्रम पुस २६ गते शैक्षिक हड्ताल गर्ने बताइएको छ । नेकपा माओवादीको निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यहरु चन्द्र बुढा र प्रकाश शाहीले अदालत भित्रै कार्कीमाथि कालोमोसो दलेका थिए । उनीहरुलो अदालत परिसरबाटै पौष ७ गते पक्राउ गरिएको थियो । सर्वोच्च अदालतले सार्वजनिक अदालतको अबहेलना मुद्दा चलाइएको छ ।
Editor : Prayas bastola
source :Recent news

Wednesday, June 22, 2016

शव राखिएका काठको बाकस अोराल्दा शोकमग्न बन्यो विमानस्थल

काठमाडाैं-अफगानिस्तानको काबुलमा सोमबार भएको बम हमलामा निधन भएका १२ जना नेपालीको शव त्रिभुवन विमानस्थलमा अोरालिएको छ। बाकसमा १२ वटा शव विमानबाट अोराल्दा मृतकका परिवार आफन्त र विमानस्थलमा जुटेका उल्लेख्य सर्वसाधारणका आखा रसाए।
नेपाली सेनाका जवानहरूले शवको बाकस विमानबाट अोरालेका थिए। विमानस्थलमा पुगेका प्रधानमन्त्री केपी शर्मा अोली, मन्त्रीहरू र सचिवहरूको अनुहार मलिन देखिन्थ्यो।
काबुलबाट शव लिएर फर्केको नेपाल वायु सेवा निगमको जहाज जब विमानस्थलमा अोर्लियो, परिवारको रूवावासले विमानस्थलको वातावरण एकाएक भावविव्हल बन्यो।
AUTHOR : PRAYAS BASTOLA
SOURCE : NAGARIK NEWS

Sunday, May 29, 2016

डाेकामा ढुंगा बाेक्दै धुर्मुस-सुन्तली, दाेस्राे एकीकृत बस्ती निर्माण सुरू (फाेटाे फिचर)


काठमाडाैं । हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले सिन्धुपाल्चोकको गिरान्चौर एकीकृत बस्ती निर्माणको काम सुरु गरेका छन् ।
भूकम्प गएको एक वर्ष पुगेकै दिन गत बैशाख १२ गते शिल्यान्यास गरिएको उक्त बस्ती निर्माणको काम उनीहरुले आजबाट सुरु गरेका हुन् ।
वैशाख २९ गतेको पराकम्पले पनि ठूलो क्षति गरेकाले सोहि दिनको सम्झनामा दोश्रो एकिकृत बस्ती निर्माण कार्य सुरु गरिएको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ ।
सिन्धुपाल्चोक मेलम्ची ८ गिरान्चौरका ६५ परिवार भूकम्प पिडितलाई दशैँसम्ममा नयाँ घर हस्तान्तरण गर्ने लक्ष्यका साथ काम अघि बढाइएको फाउण्डेशनका अध्यक्ष एवं हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) ले बताएका छन् ।
यस अघि काभ्रेमा निर्माण गरिएको एकिकृत पहरी बस्ती धुर्मुस सुन्तलीले साढे दुई महिनामा नै पीडितलाई हस्तान्तरण गर्न सफल भएका थिए । सबैको साथ र सहयोग भएमा लडेको गिरान्चौर दशैँ सम्ममा सुन्दर एकीकृत बस्ती बन्ने उनको भनाई छ ।
पहिलो एकिकृत बस्ती निर्माण गर्दा धेरैको सहयोग पाएकाले अर्को बस्ती बसाउने अठोट गरेको भन्दै उनले देश निर्माणको अभियानमा हातेमालो गर्न सबैसँग आग्रह गरेका छन् ।
लडेको बस्ती उडाउने अभियानको नेतृत्व मात्र गरेका हौँ, सहयोगी हातहरुको दह्रो साथ मिलेमा समयमै गिरान्चौर एकिकृत बस्ती निर्माण सम्पन्न हुने उनको विश्वास छ ।
पहिलेको भन्दा ३ गुणा ठूलो बस्ती निर्माण गर्न लागिएकाले फाउण्डेशनलाई आर्थिकसँगै घर निर्माणको लागि सिमेन्ट, रड, गिट्टी, बालुवा, जस्तालगायतका जिन्सी समानको पनि उत्तिकै आवश्यकता रहेको धुर्मुसले बताएका छन् ।
आफुहरुले बस्तीमा ढुंगा बोक्नुका साथै सावेल, बेल्चा बोकेर गिरान्चौर एकिकृत बस्ती निर्माणमा जुटीसकेकाले देश विदेशमा रहेका नेपाली र नेपालीलाई माया गर्ने दाताहरु समक्ष उनीहरुले सहयोगको अपिल गरेका छन् ।







source :nepalsandesh.com




AUTHOR    PRAYAS BASTOLA

Saturday, May 28, 2016

ह्याकर विकास भन्छन् – नेपाली वेबसाइटको बेहाल छ, अब कसले केयर गर्ला ? (अन्तर्वार्ता)

देशविदेशका ३ सयभन्दा बढी वेबसाइट ह्याक गरेको अभियोगमा पक्राउ परेका १७ वर्षिय वेब ह्याकर विकास पौडेल ३० हजार रुपैयाँ धरौटीमा हिरासत मुक्त भएका छन् । उनलाई गत चैत ७ गते प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले नेपाल टेलिकम, राष्ट्रिय क्षयरोग केन्द्रलगायतको उजुरीमा सोह्रखुट्टेबाट पक्राउ गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान गरिएको थियो । २५ दिनसम्म प्रहरी हिरासतमै रहेका उनलाई गत वैशाख २ गते काठमाडौं जिल्ला अदालतले जेठ २६ गते हाजिरी हुने गरी धरौटीमा छोड्न आदेश दिएको छ ।०५६ साल असार ३१ गते जन्मिएका उनलाई प्रहरीले एक वर्ष उमेर बढाएर मुद्धा चलाएको थियो । हिरासत मुक्तपछि उनले पहिलो पटक लिभिङ विथ आइसिटीलाई जेल डायरी र भावी योजना सुनाएका छन् :
हिरासत मुक्त भएको धेरै दिनपछि मात्रै सोसल मिडियामा देखिनु भयो नि ?
जब म प्रहरी हिरासतबाट छुटे, मेरो एनटिसीको मोबाइल नम्बर, फेसबुक, इमेल सबै सिज भइसकेको रहेछ । डेढ महिनापछि मात्रै बल्लबल्ल त्यही एकाउन्टको फेसबुक रिकभर गराएँ । इमेल त अझै सिज्ड छ ।
धरौटीमा छुट्नु भएको छ । अब के हुन्छ थाहा छ ?
अब जेठ २६ गते अदालतमा बहस हुने भनेर कागजमा लेखेको छ । त्यहाँ के गर्ने के हुने हो केही थाहा छैन ।
मैले वेब ह्याक गरेको मात्रै स्विकारे हो । अरु जुनै आए पनि होइन । मैले अहिलेसम्म केहीको पनि फेक इमेलहरु बनाउने काम गरेको छैन, त्यस्तो काम गरेर पैसा कमाम् भन्ने कहिल्यै सोचिन ।
प्रहरीमा तपाई विरुद्ध के उजुरी भएको रहेछ ?
मलाई थाहा भएसम्म नेपाल टेलिकम र राष्ट्रिय क्षयरोग केन्द्रले गरेको उजुरीमा मुद्धा चलेको हो । पछि अरु वेबसाइटहरु पनि ह्याक गरेको कुरा आयो ।
सुरुमा त मलाई किन पक्राउ गरियो, अलमल्लमै परेँ । बुवासँग सुन्धारामा सपिङ गरेर फर्किएको थिएँ । सोह्रखुट्टेमा आउँदा प्रहरीले समात्यो । टेलिकमको सर्भर हातमा लिँदा मोबाइल प्रयोग गरेको थिएँ र मेरो एनटिसीको नम्बर ट्रेस गरेर मलाई समातेको रहेछ । प्रहरीले गाडीमै नेपाल टेलिकमको डाटा लिक गरेको स्किृनसट देखायो, त्यतिबेलै मैले गरेको हो भनेर स्विकारिसकेको थिएँ । पछि एनटिसी, क्षयरोग केन्द्रले मात्रै नभई एनसेलले पनि मिलेर समातेको हो भन्ने सुनेँ । यति मात्रै नभई फेक इमेल बनाएर के के गरेको भन्ने आरोप लाउन थाले ।
तपाईले कुन कन अभियोग स्विकार्नभयो ? अनि कुन कुन स्विकार्न भएन ? 
मैले वेब ह्याक गरेको मात्रै स्विकारे हो । अरु जुनै आए पनि होइन । मैले अहिलेसम्म केहीको पनि फेक इमेलहरु बनाउने काम गरेको छैन, त्यस्तो काम गरेर पैसा कमाम् भन्ने कहिल्यै सोचिन । बग हन्टरको रुपमा सेक्युरिटी बलियो बनाउने अनुरोध गरिरहन्थे तर कहिल्यै वास्ता गरिएन ।
त्यस्ता आरोप स्विकार्न कुनै दबाब आयो कि ?
अहँ आएन । मैले पहिलो दिन देखि नै प्रमाण देखाइ सकेको भएर होला प्रहरीहरुले मलाई विश्वास गर्नभयो ।
कोही मात्र थियो नेपालको साइटलाई केयर गर्ने । अब सायद कोही पनि छैनन् । हामीले कहिल्यै पनि सिरियस डाटा नष्ट गरेनौं । बारम्बार बग रिपोर्ट गऱ्यौं, तर उल्टै पक्राउ गर्न लगाए ।
कस्टडीमा रहँदा तपाईले मोबाइल, सोसल मिडिया केही चलाउन पाउनु भएन । आफ्नो बारेमा बाहिर के कस्तो कुरा चल्यो होला भन्ने सोच्नु भयो ?
केही चलाउन पाएको थिइनँ । जब न्युजमा छापेको थापा पाएँ, त्यति बेला मलाई कमेन्ट कस्तो आयो हालो भनेर जानकारी पाउन एकदम चुकचुक भएँ । जब तपाई आउनु भयो र बाहिर पोजिटिभ छ भन्नुभयो, एकदमै खुसी लाग्यो । अबदेखि कहिल्यै यस्तो काम गर्दिन भन्ने सोचेको थिए तर बाहिर पोजिटिभ छ, मेरो पक्षमा कुरा उठेको छ भन्ने थाहा पाएँ, त्यसपछि झन् नलेज सार्प गरेर राम्रो बाट लाग्छु भन्न्ने सोच आयो ।
अब तपाईको ह्याकिङ ग्रुप एनोनिमस ओपनेप र तपाईले ट्रिक्स सिकाएका साथीहरुले कसरी काम गर्लान् ?
अब उनीहरुले पनि वास्ता गर्न छोडिसके । सबैले वेब ह्याक गर्न छोडिसके । कोही मात्र थियो नेपालको साइटलाई केयर गर्ने । अब सायद कोही पनि छैनन् । हामीले कहिल्यै पनि सिरियस डाटा नष्ट गरेनौं । बारम्बार बग रिपोर्ट गऱ्यौं, तर उल्टै पक्राउ गर्न लगाए ।
अबको योजना के छ ?
मैले भर्खरै कक्षा ११ को परीक्षा दिएँ । कमर्स (म्यानेजमेन्ट) लिएर पढेको छु । पहिला राम्रोसँग प्लस टु सक्छु । अनि राम्रो आइटी कोर्स गर्छु । मेरो ह्याकिङ करियर यत्तिकै सकिदैन । नेपालका सबै साइटहरुको भल्नेरेबिलिटी चेक गरेर एडमिनलाई इनफर्म गर्नेछु । अहिले मेरो मोबाइलहरु सिज भएको हुनाले केही गर्न पाएको छैन । छिटै गर्छु ।
नेपालको सम्पत्ति नेपालीले नै जोगाउनुपर्छ । मैले बारम्बार सर्भर र साइटमा प्रोब्लम छ भनिरहेँ, सम्बन्धितले नै वास्ता गरेनन् । अन्तिममा मैले डिफेसमेन्ट मात्रै गर्थें । डाटा नष्ट गर्ने वा अरु अपराध कहिल्यै गरिन । एनटिसीको त्यत्रो डाटा अरु कसैले नै एक्सेस गरिदिएको भए उसले पुरै डिलिट गरिदिन पनि सक्थ्यो ।
अन्त्यमा, नेपालमा वेबसाइट सेक्युरिटी र साइबर अपराध रोक्न के गर्नुपर्छ भन्नुहुन्छ ?
म सधैं राम्रो गर्न खोज्थें । नेपालका ९० प्रतिशत वेबसाइटहरु सेक्युर छैनन् । सरकारी साइटको त बेहालै छ । बरु स्कुलका साइट सेक्युर छन् सरकारी भन्दा  । प्रोगामिङ सिकेकोले आफूलाई टेस्ट गर्न सरकारी वेब ह्याक गर्न सक्छ । विश्वभरी .gov देख्ने वितिक्कै सबैको सोच यो त यस देशको सरकारको साइट हो भन्ने सोच जान्छ र सरकारी भन्ने वितिक्कै ठूलो अर्गनाइजेसनको साइट हुन पर्छ भन्ने सोच सबैको हुन्छ ।वर्षमा मिनिमम ५ चोटी मात्र नेपाल सरकारका साइट हरु भिभिन्न देशबाट ह्याक हुने गर्दछ ।
नेपालको सम्पत्ति नेपा:लीले नै जोगाउनुपर्छ । मैले बारम्बार सर्भर र साइटमा प्रोब्लम छ भनिरहेँ, सम्बन्धितले नै वास्ता गरेनन् । अन्तिममा मैले डिफेसमेन्ट मात्रै गर्थें । डाटा नष्ट गर्ने वा अरु अपराध कहिल्यै गरिन । एनटिसीको त्यत्रो डाटा अरु कसैले नै एक्सेस गरिदिएको भए उसले पुरै डिलिट गरिदिन पनि सक्थ्यो । विदेशी वा अपराधको सोच भएकाले त्यसरी एक्सेस लिएको भए कति क्षति हुन्थ्यो होला ? त्यसैले मेरो एउटै अनुरोध के छ भने प्रत्येक कम्पनीले वेबसाइटमा सेक्युरिटी पेज राख्ने र रिपोर्ट गर्ने सुविधा दिनुपर्छ । अहिले हामीले रिपोर्ट गरे पनि वर्षौसम्म त्यसको रिप्लाई आउँदैन । अनि वेबसाइट डिजाइनिङ, डेभलपमेन्टदेखि निरन्तर कन्टेन्ट अपडेट गर्ने र इन्फर्मेशन सेक्युरिटी अडिट गर्नाले सम्भावित खतराबाट बच्न सकिन्थ्यो ।
साभार;livingwithict.com

यस्तो आयो मनिषाको पोस्टमार्टमको प्रारम्भिक रिपोर्ट, डाक्टर नै अलमलमा !




काठमाडौं, १५ जेठ । राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर बिमल घर्तीमगरको बहिनी मनिषाको घाँटीमा परेको दबाबका कारण मृत्यु भएको पोस्टमार्टमको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम विभागका चिकित्सकले मनिषाको घाँटीमा ठूलो दबाब परेर मृत्यु भएको र त्यो झुण्डिएको (ह्याङगिङ) सँग मेल खाएको बताएका छन् ।
‘अहिलेसम्म उहाँको शवको परीक्षण गर्दा घाँटीमा ठूलो दबाब परेको कारण मृत्यु भएको पत्ता लागेको छ । जुन ह्याङगिङसँग मेल खान्छ ।’
फोरेन्सिक विभागका प्रमुख हरिहर वस्तीले भने, ‘मृत्युको अन्य विस्तृत जानकारी पाउन अझैं केही दिन कुर्नुपर्ने हुन्छ । सम्पूर्ण ल्याब परीक्षणबाट मात्रै सबै जानकारी पाउन सकिएला ।’ अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

साभार:dainiknepal.com















Friday, May 27, 2016

विमलकी बहिनी मनिषाको अन्त्येष्टि, आर्यघाटमा विमलले आफूलाई सम्हाल्न सकेनन्

काठमाडौं, १४ जेठ । राष्ट्रिय फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषा घर्तीको अन्त्येष्टि गरिएको छ ।
मनिषा बुधबार राति नवलपरासीस्थित आफ्नै घरमा मृत फेला परेकी थिइन् । विहीबार उनको शवलाई काठमाडौं ल्याइएको थियो ।
शुक्रबार शिक्षण अस्पतालमा शव पोस्टमार्टमपछि उनको आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
आर्यघाट शवसँगै पुगेका विमल बहिनीको अन्तिम विदाईमा धरधरी रोएका थिए । उनकी आमाले पनि आफूलाई सम्हाल्न सकिरहेकी थिइनन् ।
बहिनीको मृत्युको खबर सुन्दा विमल बेल्जियममा थिए । अन्तिमपटक बहिनीको मुख उनी आज विहान काठमाडौं आएका थिए ।
source :dainikinepal.com

मनिषा प्रकरण र घटनाको रहश्य


sajha sabal writes" बिहिबार एउटा राष्ट्रिय खेलाडीकि बहिनीको मृत्युको खबर सामाजिक संजालमा भाइरल बन्यो । उनि थिईन फुटबल स्ट्राइकर बिमल घर्ति मगरकी बहिनि मनिषा घर्ति मगर । यो घटनाको चर्चा बढी चुलिनुको कारण उनको दाजु थिए, जो फुटबलका गन्यमान्य व्यक्ति हुन् । सानो उमेरमै नेपालको लागि गर्वका पात्र बनेका बिमलकि बहिनी मर्नुले आम नागरिकलाई उक्त घटनाको चासो पक्कै पनि भयो ।
अहिले घर्तिको शव काठमाडौँस्थित टिचिङ अस्पतालमा छ । यो घटनाको रहश्य के थियो भन्ने खास कुरो बाहिर नएपनि आम नागरिकले यो घटनालाई हत्याको रुपमा बुझेका छन् । शंकाकै घेरामा परेका मनिषाका ‘ब्वाईफ्रेन्ड’ भनिने आशिष चौधरीलाई प्रहरीले प्रारम्भिक बयान लिईसकेको अवस्थामा उक्त घटना केहि खुकुलो भने बनेको छ ।
घटनाक्रममा आशिष चौधरीको संलग्नता छ । तर पोष्टमार्टमको आधिकारिक विवरण नआएसम्म वा पोष्टमार्टम अघिनै आशिषले आफुले हत्या गरेको नस्विकारेसम्म यो घटना रहश्यमय नै छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा आशिषले आफुले मनिषाको हत्या नगरेको बताएका छन् । तर यो कुरा आम सर्वसाधारण मान्न तयार छैनन् । त्यसो भए घटना आशिषले नै घटाएका हुन् भन्ने आशंका के-के छ त ?
आशंका नम्बर १: ‘आशिषको संलग्नता’
घटनामा आशिषको संलग्नता छ । त्यसैले यो घटना उनकै कारण घटेको छ । यो बिषय आशिषकै बयानले स्पस्ट भईसकेको छ ।
आशंका नम्बर २: ‘घरको मेन स्विच अफ’
घटना भएको दिन घरको मेन स्विच कसले बन्द गर्यो ? के नियतले उक्त काम गरियो ? घटना घटाउने नियत वा बलात्कार गर्ने नियत वा रात बिताउने नियत ? त्यसैले मेन स्विच अफ गर्नुपनि मुख्य आशंकाको बिषय छ।
आशंका नम्बर ३: ‘मनिषाको सल’
बयानमा आशिषले आफूले मनिषाको हत्या नगरेको दाबी गरेका छन् । आशिषले आफ्नो वयानमा मनिषा घरमा एक्लै छ भन्ने थाहा पाएपछि आफू गएको र राति झगडा भएपछि दुई झापड हानेको बताएका छन् । तर, झगडापछि आफू बरन्डामा आएर सुतेको र पछि हेर्न जाँदा मनिषा कोठामा झुण्डिएको अवस्थामा देखेको पनि उनले बताएका छन् । झूण्डिएको अवस्थामा रहेकी मनिषालाई आफूले तल झारेको तर, उनको मृत्यु भइसकेकाले आफू घर गएको उनको बयान छ । साथै के पनि कुरा छ भने आशिषको घरबाट प्रहरीले मनिषाको सल बरामद गरेको छ । तर आशिषको बयानमा मनिषाको सल उनले घरभन्दा पश्चिमको पेट्रोलपम्प नजिकमा फालेका थिए ।
आशंका नम्बर ४: ‘घटना सुझ-बुझपूर्ण’
घटनाको प्रकृति हेर्दा रहश्यमय छ । सल आशिषको घरमा भेटिएको छ । बयानमा आशिषले आफूले एक बोतल बियर पिएको, झगडा भएको, आफुले पहिले मनिषालाइ झापड हानेको, उनले पनि झापड फर्काएको र त्यसपछि बियर पिएर गएकोले झगडापछी बाहिर गएर निदाएको बताएका छन् । मनिषालाई पहिले झापड हान्ने आशिषलाई मनिषाले समेत झापड हानिन् । त्यसपछि उनि चुपचाप कसरी सुत्न गए ? उनले बयानमा भनेका छन् – ‘११ बजे ब्युँझेर भित्र जाँदा उनलाई झुण्डिएको अवस्थामा देखेँ ।’
आशंका नम्बर ५: ‘आशिषको आमा’
घटना घटाएपछी आशिष घरमा गएका थिए । घटनाबारे आशिषले उनको आमालाई बताए । तर आशिष र आमा मिलेर यो घटनाको बिषयलाई गुपचुप राख्न चाहेको देखिन्छ । उनकी आमाले आशिषलाई ‘गल्ति नगरेको भए कतै पनि नभाग’ भनेकी थिईन । तर घटना घटेको जानकारी आशिषलाई पक्राउ गर्नु अघिनै प्रहरीलाई दिएको भए, घटनामा शंका कम हुने थियो । प्रहरीले बयान नलिँदासम्म आशिषका आमा छोरा मौन बस्नु शंकास्पद थिए । उनीहरुलाई लागेको हुनसक्छ- घटनाको कसैले सुइँको समेत पाएको छैन, हाम्रो संलग्नता खुल्दैन ।
यो आत्महत्यानै किन नहोस, आशिषले दिएको बयान सत्य किन नहोस्, पोष्टमार्टमले आत्महत्यानै देखाएपनि आम नजरमा मनिषाको हत्यारा आशिष नै हुन् । आत्महत्या नै भएपनि मनिषालाई मर्ने स्थितिको कारक आशिषनै हुन् । उनि कोहि नभएको बेलामा बियर पिएर मनिषाको घरमा जानु आफैमा शंकास्पद छ । के नियतले आशिष मनिषा एक्लै भएको घरमा गए ? भन्ने कुरा पनि छ । रातको समय बिताउने सोचमै उनि मनिषाको घरमा गएका छन् । उनले भनेजस्तो झगडा ‘सिम’ र ‘फेसबुक म्यासेज’को बिषयमा नभई रातमा एक्ली मनिषाको घरमा आशिष पुग्नुले झगडा उत्पन्न गराएको पनि हुनसक्छ । फेरी उनि साचै मनिषाका प्रेमी नै हुन् भने उनले मनिषालाई झापड कसरी हान्न सके ? अर्को कुरा यौनप्रस्तावको क्रममा झगडा भएको पनि हुनसक्छ । यही बिषयमा मनिषा नमानेपछी उनले मनिषालाई मारेको हुनसक्छ ।
आशंका नम्बर ६: रगत र नीलडाम
नवलपरासीका एसपी राजेन्द्र चौधरीका अनुसार मनिषाको घाँटीमा निलडाम छ र कोठामा रगतको टाटा पनि देखिएको छ । झापडको घटनामा कसरी रगत आयो ? आत्महत्या थियो भने पनि रगतको टाटा देखिनु रहश्यमय छ । आशंका जे होस्, सत्य कुरा पोष्टमार्टम पछी आउनेछ । बलात्कार भएको छ भने जतिनै बयानमा किटानी दिएपनि आशिष कानुनी रुपमा हत्यारा नै ठहर्नेछन् ।
source:sajhasabal.com

Wednesday, May 25, 2016

फुटवल स्ट्राईकर बिमल घर्तीकी बहिनीको शब फेला

फुटवल स्ट्राईकर विमल घर्ती मगरकी बहिनी मनिषा घर्ती मगर मृत अवस्थामा फेला परेकी छन् । बिहान नवलपरासी बर्दघाट भुताहामा रहेको घरमा घर्तीको शव फेला परेको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी प्रमुख श्याम सुन्दर केसीले जानकारी दिनुभयो । बर्दघाट ८ भुताहा चोक बाट डेढ किलोमिटर दक्षीण तर्फ गएराती भएको घटना बिहान मात्र थाहा भएको हो । बिहान परिवारका सदस्यले ढोका खोल्दा मनिषा मृत देखेपछी प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा भर्खर प्रहरी पुगेको छ । १५ बर्षीय घर्तीको हत्या हो अथवा आत्महत्या भन्ने बारेमा अनुसन्धान गरीने ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय नवलपरासीको टोली खटिएको छ । थप जानकारी आउन बाँकी नै छ ।
#sajhasabal