Friday, May 27, 2016

मनिषा प्रकरण र घटनाको रहश्य


sajha sabal writes" बिहिबार एउटा राष्ट्रिय खेलाडीकि बहिनीको मृत्युको खबर सामाजिक संजालमा भाइरल बन्यो । उनि थिईन फुटबल स्ट्राइकर बिमल घर्ति मगरकी बहिनि मनिषा घर्ति मगर । यो घटनाको चर्चा बढी चुलिनुको कारण उनको दाजु थिए, जो फुटबलका गन्यमान्य व्यक्ति हुन् । सानो उमेरमै नेपालको लागि गर्वका पात्र बनेका बिमलकि बहिनी मर्नुले आम नागरिकलाई उक्त घटनाको चासो पक्कै पनि भयो ।
अहिले घर्तिको शव काठमाडौँस्थित टिचिङ अस्पतालमा छ । यो घटनाको रहश्य के थियो भन्ने खास कुरो बाहिर नएपनि आम नागरिकले यो घटनालाई हत्याको रुपमा बुझेका छन् । शंकाकै घेरामा परेका मनिषाका ‘ब्वाईफ्रेन्ड’ भनिने आशिष चौधरीलाई प्रहरीले प्रारम्भिक बयान लिईसकेको अवस्थामा उक्त घटना केहि खुकुलो भने बनेको छ ।
घटनाक्रममा आशिष चौधरीको संलग्नता छ । तर पोष्टमार्टमको आधिकारिक विवरण नआएसम्म वा पोष्टमार्टम अघिनै आशिषले आफुले हत्या गरेको नस्विकारेसम्म यो घटना रहश्यमय नै छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा आशिषले आफुले मनिषाको हत्या नगरेको बताएका छन् । तर यो कुरा आम सर्वसाधारण मान्न तयार छैनन् । त्यसो भए घटना आशिषले नै घटाएका हुन् भन्ने आशंका के-के छ त ?
आशंका नम्बर १: ‘आशिषको संलग्नता’
घटनामा आशिषको संलग्नता छ । त्यसैले यो घटना उनकै कारण घटेको छ । यो बिषय आशिषकै बयानले स्पस्ट भईसकेको छ ।
आशंका नम्बर २: ‘घरको मेन स्विच अफ’
घटना भएको दिन घरको मेन स्विच कसले बन्द गर्यो ? के नियतले उक्त काम गरियो ? घटना घटाउने नियत वा बलात्कार गर्ने नियत वा रात बिताउने नियत ? त्यसैले मेन स्विच अफ गर्नुपनि मुख्य आशंकाको बिषय छ।
आशंका नम्बर ३: ‘मनिषाको सल’
बयानमा आशिषले आफूले मनिषाको हत्या नगरेको दाबी गरेका छन् । आशिषले आफ्नो वयानमा मनिषा घरमा एक्लै छ भन्ने थाहा पाएपछि आफू गएको र राति झगडा भएपछि दुई झापड हानेको बताएका छन् । तर, झगडापछि आफू बरन्डामा आएर सुतेको र पछि हेर्न जाँदा मनिषा कोठामा झुण्डिएको अवस्थामा देखेको पनि उनले बताएका छन् । झूण्डिएको अवस्थामा रहेकी मनिषालाई आफूले तल झारेको तर, उनको मृत्यु भइसकेकाले आफू घर गएको उनको बयान छ । साथै के पनि कुरा छ भने आशिषको घरबाट प्रहरीले मनिषाको सल बरामद गरेको छ । तर आशिषको बयानमा मनिषाको सल उनले घरभन्दा पश्चिमको पेट्रोलपम्प नजिकमा फालेका थिए ।
आशंका नम्बर ४: ‘घटना सुझ-बुझपूर्ण’
घटनाको प्रकृति हेर्दा रहश्यमय छ । सल आशिषको घरमा भेटिएको छ । बयानमा आशिषले आफूले एक बोतल बियर पिएको, झगडा भएको, आफुले पहिले मनिषालाइ झापड हानेको, उनले पनि झापड फर्काएको र त्यसपछि बियर पिएर गएकोले झगडापछी बाहिर गएर निदाएको बताएका छन् । मनिषालाई पहिले झापड हान्ने आशिषलाई मनिषाले समेत झापड हानिन् । त्यसपछि उनि चुपचाप कसरी सुत्न गए ? उनले बयानमा भनेका छन् – ‘११ बजे ब्युँझेर भित्र जाँदा उनलाई झुण्डिएको अवस्थामा देखेँ ।’
आशंका नम्बर ५: ‘आशिषको आमा’
घटना घटाएपछी आशिष घरमा गएका थिए । घटनाबारे आशिषले उनको आमालाई बताए । तर आशिष र आमा मिलेर यो घटनाको बिषयलाई गुपचुप राख्न चाहेको देखिन्छ । उनकी आमाले आशिषलाई ‘गल्ति नगरेको भए कतै पनि नभाग’ भनेकी थिईन । तर घटना घटेको जानकारी आशिषलाई पक्राउ गर्नु अघिनै प्रहरीलाई दिएको भए, घटनामा शंका कम हुने थियो । प्रहरीले बयान नलिँदासम्म आशिषका आमा छोरा मौन बस्नु शंकास्पद थिए । उनीहरुलाई लागेको हुनसक्छ- घटनाको कसैले सुइँको समेत पाएको छैन, हाम्रो संलग्नता खुल्दैन ।
यो आत्महत्यानै किन नहोस, आशिषले दिएको बयान सत्य किन नहोस्, पोष्टमार्टमले आत्महत्यानै देखाएपनि आम नजरमा मनिषाको हत्यारा आशिष नै हुन् । आत्महत्या नै भएपनि मनिषालाई मर्ने स्थितिको कारक आशिषनै हुन् । उनि कोहि नभएको बेलामा बियर पिएर मनिषाको घरमा जानु आफैमा शंकास्पद छ । के नियतले आशिष मनिषा एक्लै भएको घरमा गए ? भन्ने कुरा पनि छ । रातको समय बिताउने सोचमै उनि मनिषाको घरमा गएका छन् । उनले भनेजस्तो झगडा ‘सिम’ र ‘फेसबुक म्यासेज’को बिषयमा नभई रातमा एक्ली मनिषाको घरमा आशिष पुग्नुले झगडा उत्पन्न गराएको पनि हुनसक्छ । फेरी उनि साचै मनिषाका प्रेमी नै हुन् भने उनले मनिषालाई झापड कसरी हान्न सके ? अर्को कुरा यौनप्रस्तावको क्रममा झगडा भएको पनि हुनसक्छ । यही बिषयमा मनिषा नमानेपछी उनले मनिषालाई मारेको हुनसक्छ ।
आशंका नम्बर ६: रगत र नीलडाम
नवलपरासीका एसपी राजेन्द्र चौधरीका अनुसार मनिषाको घाँटीमा निलडाम छ र कोठामा रगतको टाटा पनि देखिएको छ । झापडको घटनामा कसरी रगत आयो ? आत्महत्या थियो भने पनि रगतको टाटा देखिनु रहश्यमय छ । आशंका जे होस्, सत्य कुरा पोष्टमार्टम पछी आउनेछ । बलात्कार भएको छ भने जतिनै बयानमा किटानी दिएपनि आशिष कानुनी रुपमा हत्यारा नै ठहर्नेछन् ।
source:sajhasabal.com

0 comments:

Post a Comment